नेपाल–बंगलादेश व्यापार: आयात बढेको बढ्यै निर्यात घट्दो ट्रेन्डमा

साउथ एशिया वाच अन ट्रेण्ड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्ट (सावती)ले उपलब्ध गराएको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको २३ वर्षमा ८ वर्ष नेपालबाट हुने निर्यात उताबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०६१/६२ देखि २०६९/७० सम्म नेपालले आयातभन्दा बढी निर्यात गरेको तथ्यांक छ । त्यसयता नेपालबाट निर्यात कम र उताबाट आयात निरन्तर बढेको देखिन्छ ।

‘नेपाली सीमाबाट ३० किलोमिटर दूरीमा रहेको बंगलादेश अहिले प्रतिव्यक्ति आम्दानी उच्च बनाउँदै आर्थिक गतिविधि र मागका आधारमा ठूलो बजार सम्भावना भएको देशको रूपमा उदाएको छ,’ सावतीका वरिष्ठ अनुसन्धान अधिकृत क्षितिज दाहाल बताउँछन् । थप पढ्नुहोस्।