SAWTEE in Media
सार्कस्तरीय कार्यशाला सुरु
काठमाडौं (कास)– दिगो कृषि विकास गराउने उद्देश्यले राजधानीमा बिहीबारदेखि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्तरीय कार्यशाला सुरु भएको छ। कार्यशालामा नेपालसहित सार्क सदस्य मुलुकका कृषि तथा जलसँग सम्बन्धित विज्ञ तथा सरकारी अधिकारी, दातृ निकायका प्रतिनिधिहरू सहभागी छन्। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड), सार्क र साउथ एसिया वाच अन ट्ेरड, इकोनोमिक्स एन्ड एन्भायरोन्मेट (सावती) को संयुक्त रूपमा आयोजना गरेको कार्यशालामा खाद्य सुरक्षा, भूमि, पशुपालन, बीउ, जललगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ।