बंगलादेश निर्यातमा उच्च कर मुख्य समस्या

सावतीका वरिष्ठ अनुसन्धान अधिकृत क्षितिज दाहालका अनुसार बंगलादेशमा नेपाली वस्तु निर्यातको मुख्य चुनौती उच्च भन्सार कर हो । यसका अतिरिक्त गैरकर अवरोध र अपर्याप्त पूर्वाधारले पनि निर्यात व्यापारमा समस्या देखिएको छ ।

सावतीले गरेको एक अध्ययनअनुसार नेपालबाट निर्यात सम्भावना भएका १६४ वस्तु निकासी गर्दा औसतमा ९.६ प्रतिशत भन्सार महसुल लाग्छ भने विभिन्न नामका अन्य ५ कर जोड्दा औषतमा ४६.७ प्रतिशत लाग्ने गरेको छ ।

थप पढ्नुहोस्।