अमेरिकामा भन्सार सुविधा निरन्तरताको पहल गर्न माग

काठमाडौं । नेपाललाई विभिन्न ७७ वस्तुमा भन्साररहित प्रवेश सुविधा दिने अमेरिकी कानूनको म्याद सन् २०२५ डिसेम्बरमा सकिन लागेको सन्दर्भमा नेपालको निजीक्षेत्रले उक्त कानूनको निरन्तरताको लागि उच्चस्तरीय लबिङ गर्न सरकारसँग आग्रह गरेको छ । निजीक्षेत्रका प्रतिनिधिले उक्त सुविधाबाट विगत ९ वर्षमा खासै फाइदा लिन नसकेको परिप्रेक्ष्यमा थप वस्तुमा भन्साररहित सुविधा उपलब्ध गराउन अमेरिकासमक्ष अनुरोध गर्नुपर्ने बताए । 

थप पढ्नुहोस्।