१५औं दक्षिण एसिया आर्थिक सम्मेलन समापन: हरित वित्तको आवश्यकता र क्षेत्रीय सहकार्यमा जोड

१५औं दक्षिण एसिया आर्थिक सम्मेलन शुक्रबार सम्पन्न भएको छ। यस सम्मेलनमा दक्षिण एसियाली मुलुकहरूका प्रतिनिधिहरू, प्रख्यात अर्थशास्त्रीहरू, नीतिनिर्माता र नागरिक समाजका अगुवाहरूले समतामूलक हरित रूपान्तरणको विषयमा छलफल गरेका थिए। सम्मेलनको मुख्य उद्देश्य दक्षिण एसियामा दिगो र समावेशी विकासका लागि आवश्यक नीतिहरूमा मार्गनिर्देशन प्रदान गर्नु थियो।