पन्ध्रौँ दक्षिण एसिया आर्थिक सम्मेलन : ’हरित वित्त विकसित मुलुक र दातृ निकायको आश्वासनमा सीमित’
गत बुधबारदेखि काठमाडौंमा सुरु भएको १५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न भएको छ । दक्षिण एसियाली मुलुकहरू तथा बाहिरका प्रख्यात अर्थशास्त्री, नीतिनिर्माता तथा नागरिक समाजका अगुवाहरू सम्मिलित सम्मेलनमा ‘दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर’ मूल विषयवस्तुमा केन्द्रित रहेर नीतिगत छलफलहरू भएका छन् ।