सस्तो औषधिमाथिको पहुँच गुम्न सक्ने, स्वदेशी औषधि उद्योगले प्याटेन्ट संरक्षित औषधि उत्पादन गर्न नपाउने

काठमाडौं । नेपाल अबको २ वर्षपछि अर्थात् सन् २०२६ नोभेम्बरमा अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट स्तरोन्नति भएपछि नेपालको औषधि (फर्मास्युटिकल) क्षेत्र बढी प्रभावित हुने देखिएको छ ।स्तरोन्नतिको सन्दर्भमा नेपालको औषधि क्षेत्रको तयारीबारे साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती)ले गरेको एक अध्ययनमा स्तरोन्नतिपछि नेपालले व्यारपारसँग सम्बद्ध बौद्धिक सम्पत्तिमा अधिकारसम्बन्धी विश्व व्यापार संगठनको सम्झौताले अतिकम विकसित राष्ट्रहरूलाई दिएको सुविधा नपाउने भएकोले नेपाली औषधि उद्योग प्रभावित हुने देखिएको हो । त्यसैले उक्त अध्ययनले सरकार तथा निजीक्षेत्रले यो क्षेत्रमा पर्ने असर न्यूनीकरण गर्न आवश्यक तयारी गर्नुपर्ने उल्लेख गरेको छ ।

थप पढ्नुहोस्।