south asia watch on trade, economics and environment

SAWTEE in Media

अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुँदा पनि नेपाललाई यसकारण हुने छैन ठूलो नोक्सानी!

साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स (सावती) ले नेपालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट विकाशोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापार र विकास सहयोगमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अध्ययन गरेको छ । सावतीले गरेको अध्ययनले नेपालको भारततर्फ उच्च व्यापार रहेकै कारण ठूलो नोक्सानी खेप्न नपर्ने देखाएको छ। 

"हामीले अतिकम विकसित मुलुकको आधारमा हाल पाइरहेको सुविधा कटौती हुने भए पनि भारततर्फ हाम्रो व्यापार अधिक रहेकाले स्तरोन्नतिपछि पनि ठूलो प्रभाव पर्ने नदेखिएको हो," सावतीका कार्यकारी निर्देशक डा. पारस खरेलले भने, "हामीले हाल पाएकै लाभ उठाउन नसकिरहेकाले पनि प्रभाव कम हुने देखिएको छ।"

Read more.