दक्षिण एसिया आर्थिक सम्मेलनको निष्कर्ष : हरित वित्त दाताको आश्वासनमा मात्रै सीमित

काठमाडौंमा तीन दिनसम्म चलेको १५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ ले हरित वित्त विकसित मुलुक र दातृ निकायको आश्वासनमा मात्रै सीमित भएको निष्कर्ष निकालेको छ ।

बुधबार काठमाडौंमा सुरु भएको सम्मेलन शुक्रबार सम्पन्न भएको हो । दक्षिण एसियाली मुलुकहरू तथा बाहिरका प्रख्यात अर्थशास्त्रीहरू नीति–निर्माता तथा नागरिक समाजका अगुवाहरूले सम्मेलनभर ‘अनलिसिङ एन इक्विटेबल ग्रीन ट्रान्सफर्मेसन इन साउथ एसिया (दक्षिण एसियामा समतामूलक हरित रूपान्तरणको उजागर) भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेर छलफल गरेका थिए ।

थप पढ्नुहोस्।