south asia watch on trade, economics and environment

SAWTEE in Media

राष्ट्रपति विद्या भण्डारी बाङ्ग्लादेश भ्रमणमा, नेपालले कसरी घटाउने सक्ला व्यापार घाटा

झन्डै डेढ दशकअघि बाङ्ग्लादेशसँगको व्यापारमा नेपाललाई वार्षिक चार अर्ब रुपैयाँभन्दा धेरैको नाफा थियो। तर अहिले चित्र ठ्याक्कै उल्टिएको छ। यो आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा नेपालले झन्डै ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ भने तीन अर्ब रुपैयाँभन्दा धेरैको आयात गरिरहेको छ।

नेपालबाट दाल, जडीबुटी, छाला अनि कृषिजन्यवस्तु निकासी हुने गर्छ भने उताबाट जुस, जुट, औषधि तथा उपभोग्य वस्तुहरू आउने गर्छन्। तर बाङ्ग्लादेशले कृषिजन्य वस्तुमा उच्च गैरभन्सार शुल्क तथा अन्य व्यापारिक तगाराहरू राखिदिएकाले नेपालको निकासी निरन्तर खस्किरहेको बताइन्छ।

Media Coverage