३४ वर्षमा खडेरीबाट दक्षिण एसियाका ७५ करोड मानिस प्रभावित
मौसममा आएको परिवर्तनको कारण दक्षिण एसियाली राष्ट्रहरूमा ३५ वर्षमा देखा परेको खडेरीको कारण ७५ करोड मानिस प्रभावित भएको साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाइरोमेन्ट (सावती)ले बताएको छ।
काठमाडौंमा चलिरहेको १५औं दक्षिण एसियाली आर्थिक सम्मेलनमा सावतीका अध्यक्ष डा. रत्नाकर अधिकारीले यस्तो बताएका हुन्।