• Home
  • About
    • Co-organizers
    • Partners
    • Past Summits
  • Summit Agenda
  • Speakers
  • Call for Papers
  • Resources
    • Presentations & Speeches
    • Videos
    • Photo Gallery
    • Documents
  • Blogs
  • Media
    • News
  • Contact
    Home  /  दक्षिण एसिया आर्थिक सम्मेलन काठमाडौंमा सकियो, चीनलाई क्षेत्रीय मञ्चमा ठाउँदिनु पर्नेमा जोड

दक्षिण एसिया आर्थिक सम्मेलन काठमाडौंमा सकियो, चीनलाई क्षेत्रीय मञ्चमा ठाउँदिनु पर्नेमा जोड

दक्षिण एसिया आर्थिक सम्मेलन काठमाडौंमा सकियो, चीनलाई क्षेत्रीय मञ्चमा ठाउँदिनु पर्नेमा जोड

-बिजमाण्डू
प्रकाशित मिति: Nov 18, 2017

काठमाडौं। दक्षिण एसिया आर्थिक सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले ट्रयाक टु पहलहरुले सार्कलाई जीवन्त राख्ने बताएका छन्। क्षेत्रीय मुद्दाहरुमा सार्क क्षेत्रभर छलफलको वातावरणलाई संस्थागत गर्न आवश्यक रहेको उनले बताए।
सम्मेलनको पूर्ण सत्रमा सेन्टर फर पोलीसी डायलग बंगलादेशका अध्यक्ष प्राध्यापक रेहमान सोभानले सार्कलाई उद्देश्यतर्फ अघि बढ्नबाट रोक्न खोज्नु कुनै नयाँ कुरा नभएको भन्दै सार्क देशहरुबीच जीवन्त र घनीभूत एकता कायम गर्न नागरिक समाजले ठोस पहल गर्नुपर्ने बताए।

 

पाकिस्तानस्थित सस्टेनेबल डेभलपमेन्ट पोलीसी इन्स्टिच्यूटका कार्यकारी निर्देशक अविद क्युमले सार्क मोटर भेहिकल सम्झौतामा पाकिस्तानको तत्परता नरहेपनि सार्क अघि बढ्न सक्ने बताउँदै यस्ता सम्मेलनहरुले सार्कलाई गति दिन पूरकको काम गर्ने बताए।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको सामाजिक विकास महाशाखाका एसिया प्रशान्त क्षेत्रीय निर्देशक नागेश कुमारले छिमेकी देशहरुबीच द्वन्दका कारण क्षेत्रीय सहयोग अघि बढ्न नसकेको बताए।
इन्स्टिच्यूट अफ पोलीसी स्टडीज श्रीलंकाका दुश्नी रेकनले हरेक देशहरु आफ्नै उल्झनमा रहेकाले क्षेत्रीय प्रक्रियाले गति लिन नसकेको भन्दै यो अवस्था चाँडै नै अन्त्य हुने विश्वास व्यक्त गरे।
सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले आर्थिक वृद्धिमा बढावा दिई क्षेत्रीय अर्थतन्त्रलाई टेवा दिन सक्ने एवं साना मझौला उद्यम समेतका सेवा व्यापारलाई प्राथमिकता दिन आग्रह गरे। उनले सेवा व्यापारमा सार्क सम्झौतालाईतत्काल लागू गर्नुपर्ने धारणा राखेका थिए।
सम्मेलनको अन्तिम दिन पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले बहुउद्देश्यीय जलविद्युत् आयोजना पहिचान नगरी स्वच्छ उर्जामा जलविद्युत्लाई सीमित गर्दा क्षेत्रीय उर्जा सहयोगका लागि वातावरण तयार हुनुको सट्टा जटिलता थपिएको बताए।
वक्ताहरुले आफ्नो मन्तव्यका क्रममा उदीयमान छिमेकी चीनको बारेमा समेत चर्चा गरेका थिए। सार्क देशहरुबीच आर्थिक सम्बन्धमा
चीनको सम्बन्धलाई स्वीकार गर्दै सामूहिक उपक्षेत्रीय मञ्चहरुमा ठाउँदिनुपर्ने वक्ताहरुले उल्लेख गरेका थिए।
सन् २००८ देखि सुरु भएको दक्षिण एसिया आर्थिकसम्मेलनको यो दशौं संस्करण हो । नेपाल, बंगलादेश, भारत, पाकिस्तान तथा श्रीलंकाका क्षेत्रीय थिंक ट्यांकहरुले पालैपालो सार्क यो सम्मेलन आयोजना गर्दै आएका छन्। यसपालीको सम्मेलन काठमाडौंमा कार्तिक २८ देखि ३० गतेसम्म आयोजना गरिएको थियो।
Source: बिजमाण्डू 
Share on FacebookTweet about this on TwitterShare on Google+

CONTACT US

SAES Secretariat

South Asia Watch on Trade, Economics and Environment (SAWTEE)

  saes@sawtee.org

  +977 1 4444438 / 4424360 / 2239370; Fax: +977 1 4444570

PO Box: 19366, Tukucha Marg, Baluwatar

Kathmandu, Nepal

  •  
  •  
  •  
  •  

Copyright © 2017 SAES. All rights reserved.

Powered by : ultrabyte ultrabyte